सीमा क्षेत्रमा फलफूल बिक्री केन्द्र बन्ने



इनरुवा, फागुन १६

सुनसरीको सीमावर्ती क्षेत्रमा पहिलो पटक फलफूल बिक्री वितरण केन्द्र बन्ने भएको छ । स्थानीयको पहल र गरिबी निवारण कोषको आर्थिक सहयोगमा सीमा क्षेत्रमा पर्ने साहेवगन्ज गाविसमा फलफूल बिक्री केन्द्र बन्ने भएको हो ।

फलफूल बिक्री केन्द्र रु आठ लाख गरिबी निवारण कोषको सहयोग र रु दुई लाख बराबरको जनश्रमदानसहित रु १० लाखको लागतमा निर्माण हुने निर्माण समितिका अध्यक्ष गयानन्द मण्डलले जानकारी दिनुभयो ।

गरिबी निवारण कोषले ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल सहज बिक्री र बस्नका लागि समेत सहजता हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News