मोरङमा ३५ दल दर्ता


 


विराटनगर, फागुन १६

मोरङमा पैँतीसवटा दल दर्ता भएका छन् । क्षेत्रीय निर्वाचन कार्यालय, मोरङले दल दर्ताका लागि निर्धारित समय गत माघ १७ गतेभित्रमा सो सङ्ख्या बराबरको दल दर्ता भएको हो ।

नेकपा (माले), नेकपा (संयुक्त), मूलवासी पार्टी नेपाल र राष्ट्रवादी पार्टी निर्धारित अवधि पार गरेर दर्ताका लागि आवेदन आए पनि सूचीकृत नभएको सो कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी आइतबार दल दर्ताका लागि आवेदन दिएको उहाँले जानकारी गराउनुभयो ।

वैशाख ३१ गते हुन गइरहेको स्थानीय निर्वाचनमा दर्ता हुन नसकेका दलले पार्टीको आधिकारिक छाप पाउन नसक्ने र स्वतन्त्र उम्मेदवारका रुपमामात्र निर्वाचनको छाप पाउने सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्