कांग्रेस सभापति शेरबहादुर देउवा पोखरामा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पोखरा पुगेका छन् । आजदेखि हुने पार्टीका कार्यक्रममा सहभागी हुन सभापति देउवा पोखरा पुगेका हुन् ।
कांग्रेसले अबको रणनीति, पार्टीको आन्तरिक जीवन र पार्टी सुदृढीकरणका लागि भन्दै सातै प्रदेश र देशभरका सभापतिलाई प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
आइतबार महानगरपालिकाका सभापतिहरू, सोमबार र मंगलबार प्रदेश र ७७ जिल्ला सभापतिहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम राखिएको छ ।
आइतबारदेखि हुने यी नै कार्यक्रममा सहभागी हुन देउवा पोखरा गएका हुन्। सभापति देउवाले आइतबार महानगर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
देउवालाई पार्टीका नेता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित नेताहरूले पोखरा विमानस्थलमा स्वागत गरेका थिए।
प्रकाशित मिति: २० माघ २०८१, आइतबार