धारिलो हतियार प्रहार गरेर एक महिलाको हत्या



महोत्तरी। महोत्तरीमा विभत्स हत्या गरिएको अवस्थामा एक एक महिलाको शव फेला परेको छ ।

महोत्तरीको गौशाला नगरपालिका -८ का अभिषेक यादवका श्रीमती १९ वर्षीया खुश्बु यादवको धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा शव फेला परेको हो ।

हत्या भएको अवस्थामा खुश्बुको शव गौशाला नगरपालिका-५ मा विद्युत् प्राधिकरण कार्यालयको ५ सय मिटर उत्तर खेतमा फेला परेको महोत्तरी प्रहरीले जनाएको छ ।

राति घरबाट निस्केकी खुश्बुको शव आज बिहान धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा फेला परेको हो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति: २० माघ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्