६९ अंकले नेप्से बढ्दा १२ अर्ब ९५ करोडको कारोबार


 


काठमाडौं । साताको पहिलो कारेबार दिन आज सेयर बजार परिसूचक नेप्से ६९.८० अंकले बढेको छ ।

सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७२७ मा कायम भएको हो। साथै कारोबार रकम पनि उच्च देखिएको छ ।

गत साता बजार बन्द हुँदाको दिन ९ अर्ब ४० करोडको कारोबार भएकोमा आज १२ अर्ब ९५ करोडको भयो ।

आज कारोबार खुलेदेखि नै बजार निरन्तर उकालो लाग्यो । २०२ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ३ को स्थिर रह्यो ।

सबै सेक्टरका सूचक बढेका छन् । माइक्रोफाइनान्स सबैभन्दा धेरै ४.९२ प्रतिशत बढ्यो ।

बैंकिङ २.५२, विकास बैंक ३.१५, फाइनान्स १.२९, होटल तथा पर्यटन १.८२, हाइड्रोपावर १.४१, लगानी ३.३८, जीवन बीमा २.४३, उत्पादन तथा प्रशोधन ३.०७, निर्जीवन बीमा ३.७१, अन्य २.६३ र व्यापार समूह १.३१ प्रतिशत बढे ।

प्रकाशित मिति: २० माघ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्