साउथ फिल्मका चर्चित निर्माताले गरे आत्महत्या
हैदाराबाद । दक्षिण भारतीय फिल्मका चर्चित निर्माता ४४ वर्षीय केपी चौधरीले गोवामा आत्महत्या गरेका छन् । आर्थिक संकटमा परेर डिप्रेसनमा पुगेका उनले आत्महत्या गरेका हुन् ।
उनी लामो समयदेखि आर्थिक संकटसँग जुधिरहेका थिए । प्रहरीका अनुसार चलचित्र निर्माता पहिलेदेखि नै आर्थिक संकटमा परिरहेका थिए । यसबाहेक लागुऔषध मुद्दामा जेल परेपछि उनको मानसिक अवस्था पनि ठीक थिए ।
गोवा प्रहरीका अनुसार उनको शव गोवाको सियोलेममा भाडाको घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
सन् २०२३ मा हैदरावाद प्रहरीले उनलाई लागूऔषध मुद्दामा पक्राउ गरेको थियो । उनी एक प्रसिद्ध फिल्म निर्माता थिए र दक्षिण फिल्म उद्योगका मेगास्टार रजनीकान्तको फिल्म ‘काबली’ पनि निर्माण गरेका थिए तर सोही साल अर्थात सन् २०२३ मा हैदरावादको स्पेशल अपरेशन टोलीले उनलाई समातेको थियो । उनीविरुद्ध लागुऔषध सम्बन्धी मुद्दा चलेको थियो ।
उनीमाथि टलिउड र कलिउडमा लागुऔषध कारोबार गर्ने गरेको आरोप लागेको थियो । उनी गहिरो ऋणमा थिए र उनको ऋण तिर्नको दबाब तीव्र थियो। कोरोनाको समयमा उद्योग ठप्प हुँदा केपी चौधरी लागुऔषध व्यवसायमा लागे र त्यसबाट पैसा कमाउन थालेका थिए ।
फिल्म काबलीको कुरा गर्दा यो फिल्मलाई फ्यानहरुले निकै रुचाएका थिए । जसमा साउथ सुपरस्टार रजनीकान्त मुख्य भूमिकामा थिए । रिपोर्टका अनुसार फिल्मको बजेट करिब १०० करोड थियो जबकि सकनिल्कको रिपोर्ट अनुसार फिल्मले ३ सय करोडभन्दा बढी कलेक्सनसमेत गरेको थियो ।
प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार
















