बलात्कार मुद्दामा १४ वर्ष कैद सुनाइएका भोगिन्द पासवान पक्राउ

सिराहा । बलात्कार मुद्दामा अदालतबाट दोषी ठहर भएका एक अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लहान नगरपालिका २४ का ४५ वर्षीय भोगी भन्ने भोगिन्द पासवान रहेका छन् ।
बलात्कारपश्चात अनुसन्धानको क्रममा फरार रहेका अभियुक्त पासवानलाई आइतबार ३ बजे इलाका प्रहरी कार्यालय लहानको टोलीले पक्राउ गरेको हो ।
उनलाई सोमबार सिराहा जिल्ला अदालतमा पेस गरी कैद भुक्तानका लागि सिराहा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
उच्च अदालत जनकपुरको राजबिराज इजलासले ९ फागुन २०८० मा १४ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना फैसला सुनाएको थियो ।
प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार