पाठेघरको क्यान्सरलाई न्यूनीकरण गर्न सबैको सहकार्य जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्यूनीकरण गर्दै निवारण गर्ने नेपालको लक्ष्य रहेको बताएका छन् ।
काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् ।
उनले पाठेघरको क्यान्सरलाई न्यूनीकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको बताए । स्वास्थ्यमन्त्री पौडेलले क्यान्सर निवारणका लागि धेरै काम गर्न बाँकी रहेको बताए।
स्वास्थ्यमन्त्री पौडेलले भने,‘खासगरी हामीले क्यान्सर निवारणका निम्ति थुप्रै काम गर्न जरुरी छ । यसमा उपचारात्मक क्षेत्रमा पनि हामीले काम गर्न जरुरी छ । निरोधात्मक क्षेत्रमा पनि काम गर्न जरुरी छ । यसलाई न्यूनीकरण गर्दै निवारणको स्थितिमा पुर्याउन कसरी सकिन्छ, नेपालको लक्ष्य त्यो छ ।’
मन्त्री पौडेलले काम गर्ने चाहना भए पनि आवश्यक श्रोत, साधनको कमी रहेको भन्दै सहकार्य गरेको खण्डमा क्यान्सर न्यूनीकरण गर्न सकिने उल्लेख गरे ।
प्रकाशित मिति: २२ माघ २०८१, मंगलबार











