फिल्म ‘हन्टर’मा यस्तो छ अरुणको लुक्स


 


काठमाडौँ । फिल्म ‘हन्टर’को मुख्य पात्र अरुण क्षेत्रीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । निर्माण युनिटले सार्वजनिक गरेको क्यारेक्टर लुक्स पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा देखिएका छन् ।

उनको अनुहारमा रगत लतपतिएको छ । यसले उनी एक्सन भूमिकामा रहने अनुमान गर्न सकिन्छ ।

केही अगाडि निर्माण घोषणा भएको फिल्मको अन्य कलाकार सार्वजनिक गरिएको छैन । फिल्म जीवन सिंहले निर्देशन गर्न लागेका हुन् ।

क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने फिल्मले सुदूरपश्चिमको कथा भन्नेछ । फिल्म हन्टर रियल पात्रको कथाबाट इन्स्पायर रहने निर्देशक सिंहले बताए ।

फिल्म पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ । फिल्मको छायाङ्कन पश्चिम नेपालमा हुने बताइन्छ ।

प्रकाशित मिति: २३ माघ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्