मोबाइल चार्ज गर्दा मृत्यु


 


तनहुँ, असार ८

आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर रिसिङ गाविस वडा नं ६ स्थित गोर्दीका ४० वर्षीय दिलबहादुर रानाको मृत्यु भएको छ ।

मध्याह्न करिब १२ बजे मोबाइल चार्ज गर्दा करेन्ट लागेर सख्त घाइते भएका रानाको उपचारका लागि भिमादस्थित भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

शव परीक्षणका लागि सदरमुकामस्थित दमौली अस्पताल ल्याउँदै गरिएको छ। रासस

प्रकाशित मिति: ८ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्