सुनको मूल्य दैनिक बढ्दै, आज कति पुग्यो तोलाको ?
काठमाडौं, माघ २९ । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ ।
सुन आज तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ७० हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि नेपालमा कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको रेकर्ड थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ ।
चाँदी आज तोलामा ३० रुपैयाँ घट्दै प्रतितोला एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २९ माघ २०८१, मंगलबार











