सामान्य अंकले नेप्से बढ्दा ८ अर्ब ७१ करोडको सेयर किनबेच



काठमाडौं ।आज सेयर बजारको परिसूचक नेप्से सामान्य अंकले बढेको छ ।

आज जम्मा १.८६ अंकको वृद्धिपछि नेप्से २६८५ अंकमा कायम भएको हो।

परिसूचकमा सामान्य वृद्धि हुँदा कारोबार रकम बढेको छ ।

अघिल्लो दिन ७ अर्ब २४ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७१ करोडको भयो ।

१३४ कम्पनीको मूल्य बढ्दा ९९ को घट्यो भने ११ को स्थिर रह्यो ।

यस दिन विकास बैंक, फाइनान्स र लगानी सेक्टरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

विकास बैंक १.३३, फाइनान्स १.५६ तथा लगानी १.२२ प्रतिशत बढे ।

प्रकाशित मिति: ३० माघ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्