लागुऔषध पोल्यान्ड सहित दुई जना पक्राउ



काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी स्थित नयाँ बस्तीबाट सशस्त्र प्रहरीले लागुऔषध पोल्यान्ड सहित दुई जनालाई पक्राउ गरेको छ ।

इन्टेलिजेन्स ब्युरोको सूचनाको आधारमा नयाँ बस्तीस्थित होटलबाट ५ किलो पोल्यान्ड बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा सिन्धुली जिल्ला घर भएका ३० वर्षीय युवक र रामेछाप घर भएका २४ वर्षीय युवक छन् ।

प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्