ललितपुरमा एक व्यक्ति मृत फेला



काठमाडौं । ललितपुरमा एक पुरुष व्यक्ति मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा मकवानपुरको चित्लाङ घर भएका ६० वर्षीय राम मानन्धर छन् ।

मानन्धर ललितपुर महानगरपालिका–१९ स्थित लगनखेलमा मृत फेला परेका हुन् ।

उनी लगनखेलमा राजु अवाले नाम गरेका व्यक्तिले सञ्चालन गरेको भैरव लुम्बिनी तन्दुरी भोजननालयमा काम गर्दै आएका थिए।
मानन्धर उक्त घरको पाँचौ तलामा मृत फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्