देशको राजनीतिक र आर्थिक अवस्था गम्भीर छ : शेखर कोइराला
सुर्खेत। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशको राजनीतिक र आर्थिक सुधारको अवस्था अत्यन्तै नाजुक अवस्थामा पुगेको बताएका छन् ।
सुर्खेत पुगेका नेता कोइरालाले सो कुरा बताएका हुन् । अमेरिकाले रोकेका सहयोग परियोजनाका कारण अझै धेरै सतर्क हुनुपर्ने अवस्था आएको उनले बताए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा भइरहेका अमेरिकी परियोजनाहरू रोकिएसँग नेपालले पनि पुनर्विचार गर्नुपर्ने बताए।
नेता कोइरालाले अहिले देशमा आर्थिक सुधार नाजुक अवस्थामा भएको, सुशासन हुँदै नभएको जस्तो देखिएको बताए।
उनले केही मान्छेहरू दुई ठूला दल मिल्दा निरंकुशता हुने भन्दै टिप्पणी गरिरहेको भन्दै उक्त विषय स्वभाविक भएको पनि बताए ।
प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहिबार











