३.१४ अङ्कले बढ्यो नेप्से, ८ अर्ब ६२ करोडको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से ३.१४ अंक बढेको छ ।
आज नेप्से ३.१४ अंकले बढेर २७४३.७४ विन्दुमा बन्द भएको हो । बजारमा कारोबार रकम भने घटेको छ ।
अघिल्लो दिन १० अर्ब ४३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६२ करोडको भयो।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ८१ करोड रूपैयाँ कमी आएको हो।
आज ३०९ वटा धितोपत्रको एक करोड ५६ लाख ३७ हजार कित्ता सेयर किनबेच भएको हो।
बिहीबार ८१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ वटाको घटेको छ।
प्रकाशित मिति: ८ फाल्गुन २०८१, बिहिबार
















