कुमारी सहकारीको १ अर्ब ४९ करोड हिनामिना : थप एकजना समातिए



म्याग्दी । म्याग्दीको बेनीमा सञ्चालित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको एक अर्ब ४९ करोड रुपैयाँ अपचलनमा संलग्न आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

बेनी नगरपालिका–४ का लोकेश पुनमगरलाई पक्राउ गरी बिहीबार म्याग्दी जिल्ला अदालतबाट फागुन १३ गतेसम्मका निम्ति म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गएको मंगलबार पुनलाई पक्राउ गरिएको हो ।

उनलाई यसअघि माघ २० गते पक्राउ परेका अरू पाँचजनासँगै अदालतमा उपस्थित गराउने गरी म्याद थप भएको प्रहरी निरीक्षक सागर पौडेलले बताए ।

प्रकाशित मिति: ९ फाल्गुन २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्