सुनको मूल्य आज फेरि बढ्यो, चाँदीको घट्यो



काठमाडौं, फागुन ११ । नेपाली बजारमा आज फेरि सुनको मूल्य बढेको छ ।

सुन आज तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन गत शुक्रबार प्रतितोला एक लाख ७० हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ ।

चाँदी आज तोलामा २० रुपैयाँ घट्दै प्रतितोला एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: ११ फाल्गुन २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्