उच्च रेकर्ड बनाएर आज घट्यो सुनको मूल्य
काठमाडौैं, फागुन १४ । नेपाली बजारमा हिजो (मंगलबार) हालसम्मकै उच्च मूल्यको रेकर्ड राखेको सुनको मूल्य आज भने घटेको छ ।
आज सुन तोलामा आठ सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख ७१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ ।
चाँदी आज तोलामा एकैदिन ३० रुपैयाँ घट्दै प्रतितोला एक हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: १४ फाल्गुन २०८१, बुधबार











