सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
काठमाडौं, फागुन १५ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ ।
सुन आज तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजो प्रतितोला एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने सामान्य बढेको छ ।
चाँदी आज तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: १५ फाल्गुन २०८१, बिहिबार











