दुर्घटनामा एक जनाको मृत्यु



दाङ, फागुन २०

मोटरसाइकल दुर्घटनामा बिहीबार साँझ तुलसीपुर निवासी एक युवाको मृत्यु भएको छ भने अर्का एक युवा घाइते छन्। सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेको रा २ प ५२६२ नम्वरको मोटरसाइकल तुलसीपुर १ हर्नेटी भन्ने स्थानमा दुर्घटना हुँदा तुलसीपुर ९ बेलुवा निवासी २२ वर्षीय मनोज अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। मोटरसाइकल सडकदेखि ६ सय मिटर तल खसेको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार तुल्सीपुर ५ प्रगतीशिल टोल निवासी १८ वर्षीय सन्तोष बुढामगर घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको घटनास्थलबाट प्रहरी सहायक निरीक्षक सिताराम चौधरीले जानारी दिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News