आज पनि हावाहुरी चल्छ- मौसमविद्



काठमाडौं, फागुन २०

आज पनि हिजोको जस्तै केही ठाउँमा हावाहुरी चल्ने मौसमविद्ले बताएका छन् । प्रिमनसुन सुरु भएकाले अब हावाहुरीसँगै चट्याङ पनि पर्ने मौसमविद् राजु प्रधानांगले बताए ।

दिउँसोदेखि हुरी चल्ने अनुमान गरिएकाले हिँडडूल गर्दा ख्याल गर्न प्रधानांगले सुझाव दिएका छन । यस्तै केही ठाउँमा आज पनि पानी पर्ने अनुमान गरिएको छ । अहिले ठाउँ ठाउँको मौसम बद्ली भएको र दिउँसो पछि क्षणिक वर्षा हुने मौसमविद् राजु प्रधानांगले बताए ।

पश्चिमी वायुसँगै स्थानिय वायुको प्रभावका कारण मौसम बदली भएको हो । पहाडी र पश्चिमी क्षेत्रमा यसको प्रभाव बढी पर्ने पनि बताए ।
हिजो काठमाडौं उपत्यकासहित पहाडी भेगमा हावाहुरीसँगै पानी परेको थियो । हावाहुरीका कारण अस्थाई टहरा उडाउँदा भूकम्प प्रभावितको जनजीवन समेत प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News