बीपी प्रतिष्ठानकाे उपकुलपतिमा डा. रौनियार नियुक्त



काठमाडाैं, फागुन २०

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति पदमा प्रतिष्ठानकै प्राध्यापक डाक्टर राजकुमार (अारके) रौनियार नियुक्त भएका छन् । केही दिनअघि नै मन्त्रिपरिषद् बैठकले रौनियारलाई उपकुलपतिमा नियुक्त गरेको हाे ।

उपकुलपतिमा नियुक्त भएका डा रौनियारले आफूलाई सरकारले उपकुलपतिमा नियुक्त गरेको जानकारी दिए । उनले सरकारले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने र प्रतिष्ठानलाई सुविधा सम्पन्न बनाएर सर्वसाधारणलाई सहज सुविधा दिन आफू सक्रिय हुने बताए ।

रौनियार प्रतिष्ठानका सिनियर प्राध्यापक हुन् । लामो समयदेखि रेडियोलोजी विभागको विभागीय प्रमुख भएर काम गरि सकेका छन् । प्रतिष्ठानलाई छुट्टै विश्वविदालय बनाउन आफु लागि पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News