कक्षा ११ को परीक्षा सर्यो



भक्तपुर, फागुन २०
स्थानीय चुनावका कारण कक्षा ११ को परीक्षा सरेको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव डिल्ली रिमालका अनुसार चुनावका कारण बैशामा तय भएको कक्षा ११ को अन्तिम परीक्षा असारमा सारिएको हो ।

बोर्डले आउँदो वैशाख २४ गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन गर्नेगरि सार्वजनिक गरेको परीक्षा तालिका परिवर्तन गरी असार १ गतेदेखि ११ गतेसम्म परीक्षा संचालन गर्ने निर्णय भएको उहाँले जानकारी दिए । बोर्डले कक्षा १२ को परीक्षा भने यथावत नै राख्दै वैशाख १० गतेदेखि २२ गतेसम्म संचालन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News