भाेजपुरमा फेरी अागलागी, ५ घर जलेर नष्ट (फाेटाे फिचर)



भाेजपुर, फागुन २०

भोजपुर नगरपालिका–२ डाँडाखर्कमा आगलागीबाट ५ घर जलेर नष्ट भएको छ । स्थानीय कुमार श्रेष्ठकाे घरबाट दिउँसाे करिब १ बजेतिर भान्साको चुल्होबाट आगो सल्किदा, कुमार श्रेष्ठ, मक्कर श्रेष्ठ, प्रभुराम श्रेष्ठ, सार्की वहादुर श्रेष्ठ, र कुमार श्रेष्ठको घर र ग्वाली र तिलक बहादुर श्रेष्ठको ग्वाली जलेको प्रहरीले जनाएको छ ।

क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । त्यस्तै भोजपुर नगरपालिकाको बोखिममा आज १ घर आगलागी भएर पूर्णरुपमा नष्ट भएको छ । विहान करिब ८ बजे तिर डिल्ली राम खत्रीको घरमा आगलागी भएको हो ।

घरमा कोही नभएको बेला आगलागी भएको खत्रीले जानकारी दिए । आगलागीबाट खत्रीको घरमा रहेको ४ तोला सुन, ३० मुरी धान, ५० हजार रुपैया र लत्ता कपडा जलेर नष्ट भएको पीडित खत्रिले जानकारी दिनुभयो ।

(तस्बिर प्रकाश रार्इकाे फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News