पुरक परिक्षा दिने १ लाख ९२ हजार


 


भोजपुर, असार ९

सबैभन्दा बढी फेल गणितमा

आगामी साउन २० गतेदेखि हुने पुरक परीक्षामा १ लाख ९२ हजार २८ जना सहभागि हुँदै छन् । त्यसमा एक बिषय मात्रै दिने ५५ हजार चार सय ७४ र दुई बिषय दिनेमा ६८ हजार सात सय ७७ जना छन् ।

यस वर्षको परीक्षामा सबैभन्दा बढी गणित बिषयमा अनुत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेका अनुसार साउन २० देखि पुरक परीक्षामा सहभागि हुनेमा गणितमा मात्रै ७० हजार ५७ जनाले परीक्षा दिँदै छन् ।

त्यसपछि विज्ञानमा ५६ हजार एक सय चार, अंग्रेजीमा २८ हजार ४०, स्वास्थ्य, जनसंख्या र वातावरण शिक्षामा एक हजार एक सय २४ जनाले परीक्षा दिँदै छन् ।

प्रकाशित मिति: ८ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्