‘संविधान कार्यान्वयनका लागि मेची–काली अभियान’


 


सुरुङ्गा (झापा), फागुन २१

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई सुदृढ गर्दै संविधान कार्यान्वयनका लागि मेची–काली राष्ट्रिय अभियान आयोजना गरिएको बताउनुभएको छ ।

एमालेले शनिबारदेखि सुरु गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियान उद्घाटनका लागि यहाँ आउनुभएका पूर्वप्रधानमन्त्री ओलीले प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा संविधानसभाबाट संविधान जारी हुनबाट रोक्न खोज्ने र जारी संविधान कार्यान्वयन गर्न नदिने तत्वको भण्डाफोर गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा एमाले वरिष्ठ नेता झलनाथ खनालले मधेसमा एमालेप्रति फैलाइएको भ्रम चिर्नका लागि पनि अभियान थाल्नुपरेको बताउनुभयो ।

एमाले नेता माधवकुमार नेपालले आफ्नो दल नेपाली समाजको आर्थिक सामाजिक रुपान्तरण तथा सांस्कृतिक तथा भाषिक संरक्षणका पक्षमा एमाले रहेको उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: २१ फाल्गुन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्