Deshko News
८ आश्विन २०८०, सोमबार

आंगिक क्याम्पसमा अनेरास्ववियु अगाडि



काठमाण्डौ, फागुन २१

त्रिभुवन विश्वविद्यालयका २३ आंगिक क्याम्पसमा बुधबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको थप परिणाम आएको छ । उपत्यकाका सात र बाहिरका १६ आंगिक क्याम्पस स्ववियु निर्वाचन भएको थियो । २३ आंगिक क्याम्पसमध्ये एमालेनिकट अनेरास्ववियु नौवटामा विजयी भएको छ ।

अनेरास्ववियु पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, भोजपुर बहुमुखी क्याम्पस, वन क्याम्पस पोखरा, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, नर्सिङ क्याम्पस नेपालगन्ज, सुर्खेत शिक्षा क्याम्पस, महाराजगन्ज मेडिसिन क्याम्पस, महाराजगन्ज नर्सिङ क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस धरान गरी नौवटा आंगिक क्याम्पसमा विजयी भएको छ ।

नेविसंघ पोखरा नर्सिङ क्याम्पस, वीरगन्ज नर्सिङ क्याम्पस, धवलागिरि बहुमुखी क्याम्पस, लमजुङ कृषि क्याम्पस, डडेल्धुरा क्याम्पस, डोटी क्याम्पस, जनप्रशासन क्याम्पस, वन विज्ञान क्याम्पस हेटौँडा गरी आठ आंगिक क्याम्पसमा विजयी भएको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस र सानोठिमी शिक्षा क्याम्पस गरी तीनवटा आंगिक क्याम्पसमा विजयी भएको छ । भक्तपुर क्याम्पसमा नेक्राविसंघ र धरानस्थित महेन्द्र बहुमुखीमा संयुक्त विजयी भएको छ ।

मेची क्याम्पसमा मतगणना रोकिएको छ । देशभरका ६० वटा आंगिक क्याम्पसमध्ये ४७ वटामा विभिन्न विद्यार्थी संगठनको विरोध र तालाबन्दीका कारण स्ववियु निर्वाचन हुन सकेन ।  यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ ।

 

प्रकाशित मिति: २१ फाल्गुन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News