भाेजपुरमा बन्दुक पड्काउदा एक घाइते



भाेजपुर, फागुन २१

भोजपुरको आम्तेकमा भरुवा वन्दुक पड्काउने क्रममा एक युवा घाइते भएका छन् । आम्तेक २ निवासी सुमन राई घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

शुक्रवार साँझ वाँदर धपाउनको लागि भरुवा वन्दुक पड्काउने क्रममा केप पड्केर आफैलाई लागेको प्रहरी जनाएको छ । घाइते राईको टाउको र हातमा चोट लागेको छ । उनकाे विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा उपचार भईरहेको छ ।

भरुवा वन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ । राईलाई उपचार पश्चात हातहतियार तथा खरखजना अन्तर्गत मुद्धा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News