गुल्मीको रेसुङ्गा क्षेत्रमा भीषण आगलागी



तम्घास (गुल्मी), फागुन २१

गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा क्षेत्रमा आज साँझपख भीषण आगलागी सुरु भएको छ । सदरमुकाम तम्घासको देउराली नजिकैबाट जंगलक्षेत्रमा सुरु भएको आगलागी अहिले नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार अहिले हावाहुरी चलिरहेका कारण आगो नियन्त्रणभन्दा बाहिर रहेको बताइएको छ । आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल गुल्म र नेपाली सेनाको टोली परिचालन भएको छ । उक्त क्षेत्रमा रहेको नेपाल टेलिकमको टावरसमेत उच्च जोखिममा परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News