जापानद्वारा उदयपुरको महिला सहकारीलाई सहयोग



काठमाडौँ, फागुन २१

जापान सरकारले नेपाल सामाजिक विकास तथा जनसशक्तीकरण केन्द्र (नेस्पेक) लाई रु ८५ लाख ८७ हजार बराबरको सहयोग प्रदान गर्ने भएको छ ।

सो सहयोग जापान सरकारको निम्नवर्ग मानव सुरक्षा आयोजनाअन्तर्गत उदयपुर जिल्लामा महिला सहकारीको तालिम केन्द्र निर्माण गर्न प्रयोग गरिनेछ ।

त्यसका लागि नेस्पेकले साना किसान महिला कृषि सहकारी समाज, रामपुर ठोक्सिलासँग मिलेर काम गर्ने यहाँस्थित जापानी दूतावासले शुक्रबार प्रकाशित प्रेस विज्ञप्तिमा जनाएको छ ।

त्यससम्बन्धी कागजातमा जापानी राजदूत मासासी ओगावा र नेपाल सामाजिक विकास तथा जनसशक्तीकारण केन्द्रका अध्यक्ष गङ्गा राईले दूतावासमा हस्ताक्षर गर्नुभयो ।

सो सहयोगबाट ठोक्सिला गाविसका महिला कृषकको आयआर्जन बढाउन सहयोग पुग्ने विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News