प्रजातन्त्रवादी प्राध्यापक सङ्घमा तिमल्सेना



काठमाडौँ, फागुन २२

नेपाली काँग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी प्राध्यापक सङ्घका अध्यक्षमा प्रा जगत तिमल्सेना निर्वाचित हुनुभएको छ ।

यही फागुन २० र २१ गते त्रिवि कीर्तिपुरमा चलेको चौथो महाधिवेशनबाट तिमल्सेना आफ्ना निकटतम प्रतिद्वन्द्वी प्रकाशसिंह प्रधानलाई पछि पार्दै निर्वाचित हुनुभएको हो ।

यस्तै प्रथम उपाध्यक्षमा प्रा डा पृथ्वीविक्रम राई, सामुदायिक क्याम्पस उपाध्यक्षमा प्रा अनन्त ढुङ्गाना र काठमाडौँ उपत्यका उपाध्यक्षमा प्रा कृष्णकान्त पराजुली निर्वाचित हुनुभएको छ ।

यसैगरी प्रदेश नं १ उपाध्यक्षमा प्रा शैलेन्द्र शिवाकोटी, प्रदेश नं २ मा प्रा अनिलकुमार यादव, प्रदेश नं ३ मा प्रा विष्णुप्रसाद गौतम, प्रदेश नं ४ मा प्रा कमलराज सापकोटा, प्रदेश नं ५ मा प्रा मदनप्रसाद कट्टेल, प्रदेश नं ६ मा प्रा प्रेमबहादुर थापा र प्रदेश नं ७ मा प्रा जगन्नाथ जोशी निर्वाचित हुनुभएको छ ।

यस्तै महाचिवमा प्रा राजेन्द्र गौतम, सचिवद्वयमा प्रा जगतरत्न मल्ल र प्रा डा विष्णुप्रसाद पोखरेल तथा कोषाध्यक्षमा प्रा डा सविनासिंह श्रेष्ठ निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समिति संयोजक प्रा डा चेतराज भट्टले जानकारी दिनुभयो ।

पदाधिकारीसहित कुल ३१ पदका लागि निर्वाचन भएको थियो । महाधिवेशनमा कुल मतदाता एक हजार दुई ७२ रहे पनि नौ सय ६९ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News