गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु



गोरखा । गोरखामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

डिस्क होम फाइबर नेटको काम गर्न बिजुली पोल चढेका बेला करेन्ट लागेर २७ वर्षीय हरि बिकको मृत्यु भएको हो ।

उनी आरुघाट गाउपालिका-६ कल्लेरीका हुन् ।

आइतबार बिहान साढे सात बजे गोरखा नगरपालिका-७ मान्द्रेढुङ्गास्थित बिजुली पोलमा नेटको तार मिलाउन चढ्दा एक्कासी पोलमा करेन्ट लागेर ढलेका उनलाई गोरखा अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ९ चैत्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्