स्याङ्जामा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु



स्याङ्जा । स्याङ्जाको वालिङस्थित मजकोटमा जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

वालिङ नगरपालिका-७ हिलेपानीकी ४८ वर्षीया दिलसरा आलेको घटनास्थलमै मृत्यु भएको हो ।

आज बिहान साढे ७ बजे वालिङबाट चापाकोट जाँदै गरेको ग १ ज ७५११ नम्बरको जीप १५० मिटर तल खसेको थियो । जीप के कारण खस्यो भन्ने पत्ता नलागेकाे स्याङ्जा प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार दिलसराकाे खनाखत उनका कान्छा छाेराले गरेका थिए। दिलसरा आफन्त बिरामी भेट्न शनिबार वालिङ झरेकी थिइन् ।

उनमा दुई छाेरा र बुहारी छन् । जीप चालक चापाकोट नगरपालिका-३ इनासकोट घर भइ हाल वालिङ-११ बस्ने वर्ष २७ वर्षीय सुरज थापा फरार छन् ।

उनकाे खाेजतलास भइरहेकाे प्रहरीले जनाएकाे छ । जीपका कति यात्रु थिए भन्ने अहिलेसम्म खुलेकाे छैन ।

प्रकाशित मिति: ९ चैत्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्