माछा मार्ने क्रममा दुईको मृत्यु


 


पाँचथर, फागुन २२

खोलामा माछा मार्ने क्रममा आज पाँचथरको फरक–फरक स्थानमा दुई जनाको मृत्यु भएको छ । अमरपुर–९, स्थित चिउरी सामुदायिक वन नजिक तमोर खोलामा माछा मार्ने क्रममा स्थानीय १७ वर्षीय विजय लिम्बूको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै फिदिमको हेवाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर कालिका–४ बर्दिया घर भई निर्माणाधीन तल्लो हेवा जलविद्युत् आयोजनामा काम गर्ने सन्देश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका थारुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । यसैबीच, प्रहरीले आज एक थान अवैध भरुवा बन्दुकसहित पौवासारताप गाविस–३ बाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३१ वर्षीय एलिया नेम्बाङ रहेका छन् । उनलाई आजै हातहतियार तथा खरखजाना मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानका भइरहेको प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले बताउनुभयो ।

प्रकाशित मिति: २२ फाल्गुन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्