फेसबुकमामार्फत ठगी गर्ने प्रकाउ



डुम्रे (तनहुँ) फागुन २३

फेसबुकमार्फत महिलालाई साथी बनाई ठगी धन्दा गर्ने एक युवकलाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा राम्जाकोट–२ पिपलटारका २७ वर्षिय मोहनबहादुर पाटामगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीका अनुसार पाटामगर देवघाटमा प्रकाउ परेका थिए । पक्राउ परेका पाटामगरले आफू सम्पन्न परिवारको सदस्य भएको भन्दै फेसबुकमार्फत साथी बनाउँदै महिलालाई ठग्दै आएका थिए ।

प्रहरी उपरीक्षक जोशीका अनुसार सीता गुरुङबाट दुई तोला ५० ग्रामको सुनको सिक्रीसहितको लकेट, देवी मगरबाट एक तोला ५० ग्रामको सुनको सिक्री र जमुना गुरुङको एक तोला ७५ ग्रामको सुनको सिक्री ठगी गरेका थिए ।

फेसबुकमार्फत ठगी धन्दा गरेका पाटामगरले आफ्ना बाबु बेलायतको लाहुरे भएको, पोखरा रामबजारमा घर भएको, काठमाडाँै चल्ने दुईवटा माइक्रो बस भएको भन्दै महिलालाई झुट्टा विवरण दिई फसाउने गरेको बुझिएको छ ।

यस घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News