राजावादीले प्रहरीमाथि बर्साए ढुंगामुढा !
काठमाडौं । राजावादी प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका छन् ।
शान्तिपूर्ण प्रदर्शन भनिएको प्रदर्शन निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सोही बेला प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका हुन् ।
सुरक्षामा खटिएका प्रहरीले ढुंगामुढा गर्ने भीड तितरवितर बनाउन केही सेल अश्रुग्यास प्रहार गरेको छ। प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा पनि फ्याँकेको छ ।
शान्तिपूर्ण प्रदर्शन भन्ने अनि बलजफ्ती निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले सम्झाउन खोज्दा उल्टै प्रहरीमाथि ढुंगामुडा गर्न थालिएको थियो ।
प्रकाशित मिति: १४ चैत्र २०८१, शुक्रबार
















