हिंसात्मक बने राजावादी : सशस्त्र प्रहरीको टाउको फुट्यो, तीन प्रहरी घाइते
काठमाडौं । तीनकुनेमा एक महिला सशस्त्र प्रहरीको टाउकोमा चोट लागेको छ ।
प्रदर्शनकारीले गरेको आक्रमणमा परेर ती सशस्त्र प्रहरी महिलाको टाउको फुटेको हो ।
राजावादी समूहको प्रदर्शन उग्र बनेपछि अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ । उनीहरूले गरेको ढुंगामुढाका कारण तीनजना प्रहरी घाइते भएका छन् ।
राजावादी प्रदर्शनका ‘जनकमान्डर’ दुर्गा प्रसाईँ आफैँले प्रदर्शनकारीलाई उत्तेजित बनाएका थिए।
प्रकाशित मिति: १४ चैत्र २०८१, शुक्रबार
















