प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते
काठमाडौँ । राजधानीको तीनकुने क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । घाइतेलाई अहिले तीनकुनेस्थित कान्तिपुर अस्पतालमा लगिएको छ ।
घाइतेको कम्मरमा गोली लागेको छ । शुक्रबार वर्तमान व्यवस्थाको विरोधमा राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेको हो ।
प्रकाशित मिति: १४ चैत्र २०८१, शुक्रबार
















