नेपाल प्रहरीले भन्यो – राजावादीको आन्दोलनमा आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरूको सूचना दिनू



काठमाडौं । राजसंस्था पुनःस्थापनाको माग गर्दै काठमाडौंमा भएको प्रदर्शनका क्रममा अराजक गतिविधि र लुटपाटमा सलंग्न व्यक्तिहरूबारे नेपाल प्रहरीले सर्वसाधारणसँग सूचना र विवरण मागेको छ ।

काठमाडौंको तीनकुने, कोटेश्वर, सिनामंगल, जडिबुटी लगायतका क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, सरकारी कार्यालय, भाटभटेनीसहितका व्यापारिक केन्द्रमा गरिएको उपद्रोमा संलग्नको विवरण प्रहरीले मागेको हो ।

निजी तथा सरकारी सवारी साधनहरूमा तोडफोड, आगजनी, लुटपाट एवम् अरू गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूबारे अनुसन्धानको प्रमाण संकलनका लागि प्रहरीले सहयोग मागेको हो ।

‘यहाँहरूसँग भएका तथ्यपरक सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण) उपलब्ध गराई अनुसन्धानमा सहयोग गरिदिनु हुन अनुरोध छ,’ प्रहरीले भनेको छ, ‘सूचना र सूचनाकर्ताको गोपनीयता कायम रहने व्यहोरा जानकारी गराउन चाहान्छौँ ।’

प्रकाशित मिति: १६ चैत्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्