चितुवाको आक्रमणबाट ८ वर्षीय बालकको मृत्यु



बाजुरा । बाजुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

खप्तड छेडेदह गाउँपालिका–३ धुर्तोलाका ८ वर्षीय विजय रावतको आइतबार साँझ चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देबबहादुर चौधरीका अनुसार घर नजिकै आँगनमा खेलिरहेको अवस्थामा चितुवाले रावतमाथि आक्रमण गरेको हो। उनको घटनास्थलमै ज्यान गएको उनले बताए ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ ।

प्रकाशित मिति: १७ चैत्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्