प्रधानमन्त्री ओलीले गरे जीवित कुमारी देवीको दर्शन



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवित कुमारी देवीको दर्शन गरेका छन् ।

काठमाडौँको वसन्तपुरमा पुगेर उनले सोमबार बिहान कुमारी देवीको दर्शन गरेका हुन् ।

उनले फेसबुकमा तस्विर साझा गर्दै लखेका छन्, ‘जीवित देवी कुमारीको दर्शन गर्दै राधिका र हामी, आज कुमारी घर वसन्तपुरमा ।’

प्रकाशित मिति: १७ चैत्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्