प्रधानमन्त्रीले सम्बोधन गर्दैगर्दा संसद्‌मा राप्रपाको होहल्ला



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेको समयमा राप्रपाले विरोध गरेको छ ।

सोमवार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर ओलीले सम्बोधन गरेपछि राप्रपाका सांससदहरुले होहल्ला गर्दै विरोध गरेका हुन् ।

ओलीले सम्बोधन गरिरहेका बेला राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उठेर आपत्ति जनाएका थिए ।

ओलीले पूर्वराजाको विषयमा बोल्न थालेपछि ज्ञानेन्द्र शाही उठेर आपत्ति जनाएका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले राप्रपा सांसदलाई रोक्न खोजेका थिए । आजको संसदमा प्रधानमन्त्रीले बोल्ने कार्यसूची थियो।

प्रकाशित मिति: १७ चैत्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्