तीनकुनेको हिंसात्मक घटनाका पछाडि पूर्वराजाको हात छ : माओवादी



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद रेखा शर्माले शुक्रबार तीनकुने लगायतका क्षेत्रमा भएको हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न माग गरेकी छन् ।

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले यस्तो माग गरेकही हुन् ।

उनले तीनकुने लगायतका क्षेत्रमा भएको हिंसात्मक घटनाको पर्दा पछाडि पूर्वराजा ज्ञानेन्द्र शाह रहेको भन्दै घटनाका दोषीलाई कारबाही गर्न माग गरिन् ।

संविधान र कानुनभन्दा माथि कोही नरहेकाले सबैलाई कारबाही हुनुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति: १७ चैत्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्