तीनकुनेमा ज्यान गुमाएका सविनको पोस्टमार्टम हुँदै, पत्रकार रजकको केहि दिन लाग्ने
काठमाडौं । गत शुक्रवार काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनको पोस्टमार्टम प्रक्रिया अगाडि बढेको छ ।
महर्जनको पोस्टमार्टम केही बेरमा सुरु हुने महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागका जानकारी दिएको छ ।
फोरिन्सक विभागको अनुसार साँझसम्ममा पोस्टमार्टम रिर्पोटसहित परिवारलाई शव जिम्मा लगाईनेछ ।
यता, रिर्पोटिङको क्रममा आगोलले जलेर मृत्यु भएका फोटा पत्रकार सुरेश रजकको भने पोस्टमार्टम गर्न केही दिन लाग्ने भएको छ ।
अस्पतालले एक्सरे मेसिन उपकरण बिग्रिएकोले रजतको पोस्टमार्टम गर्न ढिलाइ भएको जनाएको छ।
शरीर पूरै जलेकाले एक्सरे गरेर पनि हेर्नुपर्ने हुँदा केही दिनमा उपकरण मर्मत गरेर रजकको पोस्टमार्टम गरिने अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: १८ चैत्र २०८१, मंगलबार
















