लुटेराहरुलाई ‘रामधुलाई’ गर्ने भाटभटेनीका सुरक्षागार्डलाई ५ लाख पुरस्कार
काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरुको प्रदर्शनपछि भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्न आएकाहरूलाई प्रतिकार गर्ने सुरक्षागार्डहरु पुरस्कृत भएका छन् ।
भाटभटेनीका संचालक मीनबहादुर गुरूङले सुरक्षागार्ड दुलप्रसाद पराजुलीसहित अन्य सुरक्षागार्डहरुलाई बुधबार पुरस्कृत गरेका हुन् । सञ्चालक गुरुङले पराजुलीलाई पाँच लाख एक हजार १११ लाख नगद पुरस्कार र पाँच ग्रेड बढुवा प्रदान गरेका छन् ।
पराजुलीले त्यसदिन गरेको प्रतिकारको भिडिओले सामाजिक सञ्जालमा अझै भाइरल नै छ । त्यस्तै अन्य सुरक्षागार्डहरूलाई पनि भाटभटेनीले नगद पुरस्कार दिएको छ।
प्रकाशित मिति: १९ चैत्र २०८१, बुधबार
















