यस्तो आयो पत्रकार सुरेश रजकको पोस्टमार्टम रिपोर्ट
काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनमा आगजनीमा परेर मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम रिपोर्ट आएको छ ।
स्रोतका अनुसार रजकको जलेर मृत्यु भएको पुष्टि भएको हो । उनको शरीरमा गोली नभेटिएको बताइएको छ । उनको मृत्युको कारण जलेर भएको निष्कर्ष निकालिएको त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभाग स्रोत बताउँछ ।
बाहिर हल्ला भएको जस्तो मारेर जलाएको भन्ने कुरा पोस्टमार्टमको रिपोर्टमा नदेखिएको बताइएको छ ।
हिजो साँझ उनको एक्स–रे गरिएको थियो ।
रजकको शरीरमा गोली लागेको हल्लापछि एक्स–रे गर्न ढिलाइ भएको थियो ।
प्रकाशित मिति: १९ चैत्र २०८१, बुधबार
















