खैराना खोलामा सिडिओ हमालको आकस्मिक अनुगमन, जेसिबी र टिप्पर नियन्त्रणमा



कैलाली । गोदावरी नगरपालिकाको खैराना खोलामा गैरकानुनी ढङ्गले निर्माण सामग्रीको उत्खनन भइहेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख (सिडिओ) गोगन बहादुर हमाल नेतृत्वको टोलीले आइतबार गरेको आकस्मिक अनुगमनका क्रममा यो गतिविधि सार्वजनिक भएको हो ।

अनुगमनका क्रममा ठेकेदारले अनुमति नदिइएको क्षेत्रमा मापदण्डविपरीत उत्खनन गरिरहेको भेटिएको सिडिओ हमालले जानकारी दिए ।

उनका अनुसार सो स्थानबाट उत्खननमा प्रयोग गरिएका जेसिबी र टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । साथै घटनास्थलबाट संलग्न केही व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिइएको छ ।

मालाखेती प्रहरी चौकीका प्रमुख डीएसपी गङ्गा थापाले खैरानाबाट दुईवटा जेसिबी, एकवटा टिप्पर र संलग्न कर्मचारीसमेत पक्राउ गरिएको बताए ।

अब यसबारे थप अनुसन्धान र कारबाही अघि बढाइने उनले बताए । यस्ता गतिविधिमा जनप्रतिनिधिका निकट व्यक्तिहरूको संलग्नता रहेको आरोप लाग्दै आएको छ।

प्रकाशित मिति: २४ चैत्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्