राप्रपाको जनप्रदर्शन : बल्खुमा सुरक्षा व्यवस्था कडा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको जनप्रदर्शनका लागि सरकारले सुरक्षा व्यवस्था कडा गरेको छ ।

राप्रपाले व्यवस्था उल्टाउने भन्दै काठमाडौंको बल्खुमा गर्न लागेको प्रदर्शनमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

हजारौं संख्यामा सशस्त्र र नेपाल प्रहरी बल्खु र आसपासका क्षेत्रमा खटिएका छन्। केहीबेरमा राप्रपाले मंगलबार काठमाडौंको बल्खुमा प्रदर्शन र आमसभा गर्ने भएको छ।

विभिन्न ठाउँबाट र्‍याली बल्खुमा पुगेर आमसभामा रूपान्तरित हुनेछ। आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

राजसंस्था पुनर्स्थापना, संघीयता खारेजीलगायत एजेन्डासहित राप्रपाले प्रदर्शन र आमसभा गर्न लागेको हो। राप्रपाले पार्टी वा राष्ट्रिय झन्डा लिएर प्रदर्शन र आमसभामा आउन अपिलसमेत गरेको छ।

यसअघि तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले कडा सुरक्षा प्रबन्ध गरेको छ । सयौँको संख्यामा सशस्त्र र नेपाल प्रहरी बल्खु र आसपासका क्षेत्रमा खटिएका छन् ।

प्रकाशित मिति: २५ चैत्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्