राप्रपाले आफैं गर्यो सडक सफा
काठमाडौं । बिरोध प्रदर्शनको क्रममा फोहर भएको भन्दै पटक–पटक काठमाडौं महानगरपालिकाको कार्वाहीमा परेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफै सफा गरेको छ ।
सोमबार बल्खुमा प्रदर्शनको क्रममा भएको फोहर राप्रपका नेता, कार्यकर्ताले आफैँ सफा गरेका हुन् ।
राप्रपाले आयोजना गरेको खबरदारी सभा सम्पन्न भएसंगै फोहोर संकलन गरेका थिए ।
महानगरले जरिवाना गर्नसक्ने अवस्थालाई मध्यनजर गदैै राप्रपाका नेता, कार्यकर्ताहरू आफैं जुटेर फोहोर संकलन गर्न थालेका हुन् ।
कार्यक्रम चलिरहँदा पनि उद्घोषकले पानीका बोतल तथा फोहोरहरू व्यवस्थित गर्न आग्रह गरिरहेका थिए ।
प्रकाशित मिति: २५ चैत्र २०८१, मंगलबार
















